इस्लाम धर्मावलम्बीहरुको महान् पर्व हिजरी १४३९ ईद उल फित्रको शुभकामना

समस्त इस्लाम धर्मावलम्बीहरुको महान् पर्व हिजरी  १४३९ ईद उल फित्रका अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा हाम्रो पार्टी हार्दिक शुभकामना व्यक्त गर्दछ ।

बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा यस पर्वले आपसमा हार्दिकता, सद्भाव र एकताको विकास गर्न सकोस् भन्ने कामना गर्दछौ“ । 
 
 

विष्णुप्रसाद पौडेल
महासचिव

प्रेस विज्ञप्ति

नवयुग

ठेगाना