प्रेस विज्ञप्ति

आज मुस्ताङ जिल्लाको दामोदरकुण्ड गाउपालिका– ३, स्याङ्बोचेमा बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटनामा परी १९ जना नागरिकले ज्यान गुमाएको घटनाबाट हाम्रो पार्टी अत्यन्त मर्माहत भएको छ । दुःखको यस घडीमा मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै हाम्रो पार्टी शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै, त्यस दुर्घटनामा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहा“हरुको उपचारका लागि उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउछु ।

पछिल्ला दिनहरुमा सडक दुर्घटनाको क्रम बढिरहेको छ । सडकको खराब अवस्था, सवारी सञ्चालन गर्दा ट्राफिक नियमको उल्लंघन, धेरै पुराना सवारी साधनहरुको प्रयोग, यात्रु ओसारपसार गर्न नमिल्ने सवारी साधनहरुमा यात्रा जस्ता कुराहरुले हाम्रो सडक यात्रालाई जोखिमपूर्ण बनाएका छन् । वर्षाको यस मौसममा सडक यात्राप्रति थप सचेतता अपनाउदै दुर्घटना न्यूनीकरणमा ध्यान दिन हाम्रो पार्टी सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछ । 
 

प्रेस विज्ञप्ति

नवयुग

ठेगाना