​स्थायी कमिटी बैठक (प्रेस विज्ञेप्ती)

२ पुस २०७५

प्रेस विज्ञप्ति

२०७५ मंसिर २९ देखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठक आज बिहान ११ः४० बजे सुरु भएर अपरान्ह ३ः४० बजेसम्म सञ्चालन भयो ।  बैठकको प्रारम्भमा अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रस्तुत राजनीतिक प्रतिवेदनको महत्वका बारेमा चर्चा गर्दै छलफलमा सहभागी हुन कमरेडहरुलाई आह्वान गर्नुभयो । 

बैठकले प्रतिवेदनका सम्बन्धमा विचार व्यक्त गर्न प्रत्येक वक्ताका लागि २० मिनेटको समय तय भएको थियो । तदनुरुप आजको बैठकमा कमरेडहरु वामदेव गौतम, अग्नी सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, बेदुराम भुसाल र शक्ति बस्नेतले आआफ्नो विचार  व्यक्त गर्नुभयो । 

बैठक भोलि २०७५ पुस ३ गते बिहान ८ बजेदेखि पार्र्टी केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौंमा सुरु हुने गरी स्थगित भएको छ । 
 
 
विष्णुप्रसाद पौडेल
महासचिव

प्रेस विज्ञप्ति

नवयुग

ठेगाना