स्थायी कमिटी बैठक (प्रेस विज्ञेप्ती)
३ पुस २०७५
प्रेस विज्ञप्ति
२०७५ मंसिर २९ देखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ः३० बजे सुरु भएर ११ः१० बजेसम्म सञ्चालन भयो ।
आजको बैठकमा पनि कमरेडहरु केशव बडाल, टोपबहादुर रायमाझी, भीम रावल, योगेश भट्टराई, शंकर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी ‘प्यासी’, पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गर्नुभयो ।
बैठक भोलि २०७५ पुस ४ गते बिहान ८ बजेदेखि पार्र्टी केन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौंमा सुरु हुने गरी स्थगित भएको छ ।
विष्णुप्रसाद पौडेल
महासचिव