२०७५ मंसिर २९ देखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ः३० बजे आरम्भ भएर ११ः१५ बजेसम्म सञ्चालन भयो ।
आजको बैठकमा पनि कमरेडहरु किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणी खनाल, माृतका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गर्नुभयो ।
बैठक भोलि २०७५ पुस ६ गते बिहान ८ बजेदेखि पार्टीकेन्द्रीय कार्यालय धुम्बाराही, काठमाडौंमा सुरु हुने गरी स्थगित भएको छ ।
विष्णुप्रसाद पौडेल
महासचिव
