विश्वले आदर्श नायक र प्रेरक व्यक्तित्व गुमाएको छ

 नेकपा (एमाले) अध्यक्ष क झलनाथ खनालले दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको निधनप्रति शोक व्यक्त गर्नु भएको छ। 

शनिबार शोक बक्तव्य जारी गर्दै अध्यक्ष खनालले न्याय, समानता, लोकतन्त्र र मानवताका निम्ति मण्डेलाको गौरवपूर्ण संघर्ष नेपालको लोकतान्त्रिक आन्दोलनको निम्ति पनि प्रेरणाको विषय भएको उल्लेख गर्नु भएको छ। 

'रङ्गभेद विरोधी आन्दोलनमा उहाँको २७ वर्षे यातनापूर्ण जेल जीवन, शान्ति वार्ताको माध्यमबाट उत्पीडित समुदायको अधिकार प्राप्तिका निम्ति उहाँको निर्णायक भूमिका र इतिहासको तिक्ततालाई विर्संदै 'इन्द्रेणी राष्ट्र'को रुपमा दक्षिण अफ्रिकाको लोकतान्त्रिक पुनःसंरचनामा उहाँले गर्नुभएको नेतृत्व हाम्रो जस्तो राष्ट्रको निम्ति अनुकरणीय रहेको छ,' विज्ञप्तीमा भनिएको छ, 'त्यसरी नै विश्व शान्ति, न्याय र समानताको पक्षमा उहाँको निरन्तरको पहलकदमी तथा बालबालिकाको पक्षमा उहाँले खेल्नुभएको भूमिका विश्व मानव समुदायकै निम्ति अनुकरणीय विषयको रुपमा रहँदै आएको छ ।' 

एमालेले मण्डेलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त दक्षिण अफ्रिकी जनता, अफ्रिकी नेशनल कांग्रेस र मन्डेलाक परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । 

प्रेस वक्तब्यको पूर्ण पाठ: 
२०७०/०८/२२ 
शोक वक्तव्य 

दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति, रङ्गभेद विरोधी संघर्षका महानायक तथा न्याय र शान्तिप्रेमी विश्व मानव समुदायका प्रेरणास्रोत नेल्सन मण्डेलाको ५ डिसम्वर २०१३ का दिन भएको निधनले नेकपा (एमाले) स्तब्ध भएको छ । न्याय, समानता, लोकतन्त्र र मानवताका निम्ति उहाँले गर्नुभएको गौरवपूर्ण संघर्ष नेपालको लोकतान्त्रिक आन्दोलनको निम्ति पनि प्रेरणाको विषय रहँदै अएको छ । रङ्गभेद विरोधी आन्दोलनमा उहाँको २७ वर्षे यातनापूर्ण जेल जीवन, शान्ति वार्ताको माध्यमबाट उत्पीडित समुदायको अधिकार प्राप्तिका निम्ति उहाँको निर्णायक भूमिका र इतिहासको तिक्ततालाई विर्संदै ‘इन्द्रेणी राष्ट्र’को रुपमा दक्षिण अफ्रिकाको लोकतान्त्रिक पुनःसंरचनामा उहाँले गर्नुभएको नेतृत्व हाम्रो जस्तो राष्ट्रको निम्ति अनुकरणीय रहेको छ । त्यसरी नै विश्व शान्ति, न्याय र समानताको पक्षमा उहाँको निरन्तरको पहलकदमी तथा बालबालिकाको पक्षमा उहाँले खेल्नुभएको भूमिका विश्व मानव समुदायकै निम्ति अनुकरणीय विषयको रुपमा रहँदै आएको छ । 

उहाँको निधनले विश्व मानव समुदायले एउटा आदर्श नायक र प्रेरक व्यक्तित्व गुमाएको छ । शोकको यस घडीमा हामी दिवंगत नेल्सन मण्डेलाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त दक्षिण अफ्रिकी जनता, अफ्रिकी नेशनल कांग्रेस र उहाँको परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । 

झलनाथ खनाल 
अध्यक्ष 
केन्द्रीय कमिटी

नवयुग

ठेगाना