समस्त इस्लाम धर्मावलम्बीहरुको महान् पर्व हिजरी १४३९ ईद उल फित्रका अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा हाम्रो पार्टी हार्दिक शुभकामना व्यक्त गर्दछ ।
बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा यस पर्वले आपसमा हार्दिकता, सद्भाव र एकताको विकास गर्न सकोस् भन्ने कामना गर्दछौ“ ।