पार्टी केन्द्रीय सचिवालय बैठकको प्रेस विज्ञप्ति

२१ माघ २०७५
प्रेस विज्ञप्ति

आज २०७५ माघ २१ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको २०औं बैठकले निम्नानुसारको प्रस्ताव पारित गरेको छ । हालैका दिनहरुमा भेनेजुएलामा विकसित भएका राजनीतिक घटनाक्रमहरुप्रति हाम्रो पार्टी केन्द्रीय सचिवालयको ध्यानाकर्षण भएको छ ।

विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नमा हाम्रो पार्टीमा कुनै अन्यौल र द्विविधा छैन । यस सम्बन्धमा पार्टीका दृष्टिकोण र नीतिहरु स्पष्ट र स्थिर छन् । हाम्रो पार्टी संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलका सिद्धान्तप्रति सदा प्रतिबद्ध रहँदै आएको छ । 

हाम्रो पार्टीले हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्दछ । कुनै पनि देशको आन्तरिक मामलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै प्रकारको समस्या पैदा भएमा त्यसै देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने मान्यता राख्दछ ।  हाम्रो पार्टी विश्व शान्ति, समझदारी र समृद्धिको पक्षमा छ ।

 
विष्णुप्रसाद पौडेल
महासचिव

प्रेस विज्ञप्ति

नवयुग

ठेगाना